राष्ट्र बैंकको पछिल्लो नीतिलाई आईएमएफको साथ, कर्जाको 'शिर्षक' हेर्न सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 06:47:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाल राष्ट्र बैंकले लिएको समय अनुसारको रहेको बताएको छ । आज आईएमएफको नेपाल स्थित कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आईएमएफका मिसन चिफ टिडिएन किन्डाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लिएको नीति समय अनुसार नै भएको बताएका हुन्।

महंगी घट्दो दरमा रहेको र राष्ट्र बैंकले तथ्यांकको आधारमा सावधानीपूर्वक खुकुलो मौद्रिक नीति लिनु सकारात्मक रहेको उनले बताए । यद्यपि उनले कर्जा विस्तारमा भने सचेत हुनु पर्ने बताए । कर्जा कुन क्षेत्रमा गईरहेको छ भन्ने बारे राष्ट्र बैंक सचेत हुनु पर्ने उनको भनाई थियो।

सोहि कारण बैंकहरुको कर्जाको गुणस्तर जाँच गरिनु पर्ने उनले उल्लेख गरे । यो काम प्रक्रिया मै रहेकोले यो कार्य सकिएपछि कर्जा कुन क्षेत्रमा गईरहेको छ, कस्तो अवस्थामा  छ भन्ने लगायतको नतिजा आउने उनले बताए । त्यस्तै उनले वास्तविक खराब कर्जा (एनपीएल) पनि  कर्जाको गुणस्तर जाँचपछि नै प्रष्ट हुने उल्लेख गरे।

नेपालको आर्थिक वृद्धि क्षमता अनुरुपको नभएको भन्दै आईएमएफका मिसन चिफ टिडिएन किन्डाले राजस्व वृद्धि गर्नु पर्ने , संरचनात्मक सुधार गर्नु पर्ने, वित्तीय अनुशासन कायम गर्नु पर्ने, र पुँजीगत खर्च बढाउनु पर्ने बताए। यसो हुँदा आर्थिक वृद्धि बढ्ने उनको भनाई थियो ।

त्यस्तै उनले राष्ट्र बैंक स्वायत्त हुनु पर्ने, राष्ट्र बैंकमा सरकारको हस्तक्षेप हुन नहुने भएकोले  त्यसको लागि नेपाल राष्ट्र ऐन संशोधन हुनु पर्नेमा जोड दिए । उनले अर्थ मन्त्रालयले राष्ट्र बैंकको स्वायत्तता कायम रहने गरि ऐन संशोधन गर्नको लागि छिट्टै संसदमा विधेयक पेश गर्ने विश्वास व्यक्त गरे । उनले अन्य देशका राम्रा र अन्तराष्ट्रिय अभ्यासहरु नेपालले पनि पालना गर्नु पर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved