मोबाईल बैंकिङ प्रयोगकर्ता बढेपनि कारोबार रकम घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 04:58:56 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको कार्तिकसम्ममा नेपालमा मोबाईल बैंकिङ प्रयोग गर्नेहरुको संख्या २ करोड २५ लाख ५ हजार ८३ जना पुगेका छन् । २०८० को असोजम्म मोबाईल बैंकिङ प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ८४ हजार ६२२ जना थिए ।

यो एक महिनामा २ लाख २० हजार ४६१ जना मोबाईल बैंकिङ प्रयोगकर्ता थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै कार्तिक महिनामा मोबाईल बैंकिङबाट २ खर्ब १८ अर्ब ३० करोड ९ लख रुपैयाँ बराबरको भएको छ । यस्तो कारोबार गएको असोज महिनामा २ खर्ब ७७ अर्ब ८२ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

यसरी हेर्दा यो एक महिनामा मोबाईल बैंकिङबाट हुने कारोबारमा ५९ अर्ब ५१ करोड ५ लाख रुपैयाँले कमी आएको देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved