राष्ट्र बैंकको विज्ञापन शुक्रबार खुल्दै, प्रदेशबाटै परीक्षा दिन पाइने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 04:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय बैंकमा रिक्त पदपुर्तिका लागि शुक्रबार विज्ञापन खुल्ने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार लोकसेवाले शुक्रबार विज्ञापन गर्ने गरी पत्र पठाइसकेको छ । 

राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक र प्राविधिकतर्फको सहायक निर्देशकमा विज्ञापन गर्न लागेको हो । त्यस्तै सहायक द्धितीयतर्फ पनि प्रशासन र प्राविधिकको लागि विज्ञापन आउने राष्ट्र बैंक स्रोत बताउँछ ।

स्रोतका अनुसार २४/२५ जनाको संख्यामा प्रशासन तर्फको सहायक द्धितीय र निर्देशक तहमा विज्ञापन खुल्नेछ । त्यस्तै प्राविधिक तर्फ  निर्देशक र सहायक द्धितियमा ४/५ जनाको संख्यामा विज्ञापन खुल्ने बताईन्छ । स्रोतका अनुसार शुक्रबार करिब ६० जनाको लागि विज्ञापन हुनेछ । 

सहायक निर्देशकका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने प्रविधिकतर्फ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने स्रोत बताउँछ ।

त्यस्तै सहायक द्धितीयकालागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तहमा प्लस टु वा सो सरहको परिक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । यसपाली केन्द्रिय बैंकले प्रदेशगत रुपमा परीक्षा दिने गरी व्यवस्था गरिएको बताइन्छ । थप विवरणका लागि भने शुक्रबार सार्वजानिक हुने विज्ञापन हेर्नु पर्नेछ ।

राष्ट्र बैंकको विज्ञापन कार्तिक/मंसिरमा खुल्ने लोकसेवाको २०८०/८१ वार्षिक कार्य तालिकामा छ । वार्षिक कार्यतालिकाभन्दा केही ढिला गरी विज्ञापन हुन लागेको हो । कार्यतालिका अनुसार कात्तिक/मंसिरमा विज्ञापन हुने, पुस/माघमा पहिलो चरणको लिखित परीक्षा हुने र फागुन/चैतमा अन्तिम परीक्षा हुने उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved