कर्जा सुरक्षणका लागि सुरक्षण कोष र कुमारी बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 04:58:21 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक लिमिटेडबीच कर्जा सुरक्षणका सम्बन्धमा सम्झौता भएको छ । बिहीबार भएको सम्झौता बमोजिम बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटि कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले हस्ताक्षर गरे ।कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख  मन्दिरा थपलिया र कुमारी बैंकको प्रमुख लगानी र बजार अधिकृत चन्दन कार्की लगायत कोष र बैंकका अन्य अधिकृतहरुको उपस्थिति रहेको थियो।  

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै कुमारी बैंक लिमिटेडले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटि कम्पनी” मा लगानी भएको अधिकतम ३ करोड सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। यस सँगै पूँजी अभावका कारण व्यवसाय विस्तार गर्नमा कठिनाईको सामना गरिरहेका सूचना प्रविधि कम्पनीहरुलाई सहज रुपमा कर्जा प्राप्त हुने विश्वास गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved