इन्भेष्टमेन्ट मेगा बैंकलाई ४ अर्ब ४ करोडको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 05:03:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले कुल ४० लाख ४० हजार इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

कुल ऋणपत्र मध्ये १६ लाख १६ हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी २४ लाख २४ हजार इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । 

बैंकको उक्त ऋणपत्रको अवधि दश वर्षको हुनेछ भने ऋणपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved