कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 05:39:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघको ३७ औं बार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् । गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरेको बैंकले उल्लेख गरेको छ। 

 गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा २०६७।०१।१७ देखि  २०६८।०६।२८ सम्म रहेका थिए । नेपाल बैंकर्स संघ जस्तो गरिमामय संस्थाबाट बैंकका पूर्व अध्यक्ष सम्मानित भएकोमा सिटिजन्स बैंकले गर्व महशुस गरेको उल्लेख गरेको छ ।

बैंकले आफ्ना १९० वटा शाखा,  १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरुप्रदानगर्दै आएको छ ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved