एनएमबि बैंकको एपबाट हेटौंडा खानेपानीको महशुल तिर्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 06:28:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड संग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले मोबाइल बैंकिंग एप (eNMB App) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा ज्यु प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष श्री प्रताप बीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर' पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१' उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल' प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved