एनआईसी एशिया बैंकले पायो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 06:55:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईसी एशिया बैंकले ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ (Payments Excellence Awards 2023)प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ (VISA Leadership Conclave Nepal 2023) अन्तर्गत बैंकले ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ -Excellence in Cybersource Processing)र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ (Excellence in VAS Products)बाट सम्मानित भएको हो ।   

बैंकले भनेको छ 'बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा Cybersource प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवाबाट बैंकले ई–कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायीक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई Cybersource सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु (VAS)उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको हो ।'

बैंकले ३६० शाखा कार्यालयहरू, ६६६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved