बजारमा अधिक तरलता, बुधबार थप ३५ अर्ब फिर्ता लैजादै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 10:25:48 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुबाट ३५ अर्ब फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले पुस ११ गते बुधबार ३५ अर्बको निक्षेप संकलन बोलकबोल गर्न लागेको हो। 

राष्ट्र बैंकले १४ दिनको लागि बजारबाट ३५ अर्ब खिच्न  निक्षेप संकलन बोलकबोल गर्ने भएको हो । २०८० पुस २५ गते राष्ट्र बैंकले यसको सावाँ तथा ब्याज फिर्ता गर्ने छ। 

यस बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरुले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको लागि आवेदन दिन सक्ने छन् ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।  निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।  समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

एक महिनामा  खिच्यो १ खर्ब ९७ अर्ब बढी रकम

पछिल्लो समय बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निरन्तर बैंकिंग प्रणालीबाट निक्षेप खिचिरहेको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा मंसिर ६ गते पहिलो पटक बैंकिङ्ग प्रणालीबाट रकम संकलन गर्न लागेको थियो । एक महिनाको अवधिका राष्ट्र बैंकले एक खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ संकलन गरिसकेको छ ।केन्द्रीय बैंकले १३ पटकमा उक्त रकम बजारबाट खिचेको हो । 

राष्ट्र बैंकले पुस लागेयता मात्रै चार पटकमा ७० अर्ब रकम खिचेको हो । केन्द्रीय बैंकले निक्षेपका लागि उक्त रकमको आव्हानमा बैंकहरुले एक खर्ब ४२ अर्ब ८० करोडको आवेदन परेको थियो । 

त्यसैगरी राष्ट्र बैंकले मंसिरमा ९ पटकमा एक खर्ब २७ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिन्छ । बैंकले सो अवधिमा एक खर्ब ४५ करोडको लागि आव्हान गरेकोमा बैंकहरुबाट ३ खर्ब ९ अर्ब ८० करोडको आवेदन परेको थियो । 

बैंकमा लगानी योग्य रकम थुप्रिएपछि बैंकहरु पनि अत्यन्त कम ब्याजदरमा राष्ट्र बैंकमा निक्षेपको रुपमा रकम राखेका हुन्  । यसअवधिमा बैंकहरुले औसत ब्याजदर ०.७०४८ प्रतिशतदेखि २.९९५७ प्रतिशतसम्म निक्षेपमा राखेका हुन् । 


:बिजपाटीमा प्रकाशित भिडियोहरु हेर्नका लागि यहाँ थिच्नुहोस् 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved