नक्साल तरकारी बजारमा क्युआर कोडको शुभारम्भ भएको ३ वर्ष पुरा, गभर्नरले गरे अवलोकन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 12:51:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्साल तरकारी तथा फलफुल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको शुभारम्भ भएको ३ वर्ष पुरा भएको छ । ३ वर्ष पुरा भएको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले त्यहाँको अवस्थाको अवलोकन गरेका छन् ।

गभर्नर अधिकारी आज मंगलबार मध्यान्ह १२ बजे तरकारी बजारमा अवलोकनको लागि पुगेका थिए।  गभर्नर अधिकारीसँग सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्र बैंक तथा सानिमा बैंकका अन्य प्रतिनिधि पनि थिए।


त्यस क्रममा उनीहरुले मैया लामिछानेको चिया पसलमा चिया बिस्कुट खाएर  गभर्नर अधिकारीले २२० रुपैयाँ क्युआर कोड मार्फत भुक्तानी गरेका छन्। साथै गभर्नरले क्युआर कोडको बारेमा पनि पसलधनीहरुसँग कुराकानी गरेका छन् । 

२०७७ पुस १० गते गभर्नर अधिकारीले नक्साल तरकारी तथा फलफुल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको शुभारम्भ गरेका थिए । उनले क्यूआर कोड भुक्तानीमार्फत तरकारी खरिद गरी यसको शुभारम्भ गरेका थिए। त्यस दिन देखि नै  सानिमा बैंक र नक्साल तरकारी तथा फलफुल  व्यवस्थापन समितिको सहकार्यमा क्यूआर कोडमार्फत भुक्तानी कारोबारको सुरुवात भएको हो । गभर्नर अधिकारी हरेक वर्ष पुस १० मै यहाँको अवलोकनको लागि पुग्ने गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved