अन्नपुर्ण आधार शिविरमा माछापुच्छ्रे बैंकको वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 03:47:48 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।  सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्र्तकृया कार्यक्रम समेत संचालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर पिओएस, एनएफसी सेवाको महत्व बारे अवगत गराईएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved