एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज कुमार गोयल चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 11:09:30 PM मा प्रकाशित

laxmi sunrise bank

एनएमबि बैंकका २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष  पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो। 

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्। पब्लिकको तर्फबाट निको पिलको सट्टामा  शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको छ। 

साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले  मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ । बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved