
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एकल अंकको ब्याजमा घर कर्जा दिने भएको छ। बैंकले 'सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' भन्ने नाराको साथ यस्तो घरकर्जा योजना ल्याएको हो।
उक्त घर कर्जा योजनाअनुसार बैंकले सात वर्षसम्म स्थिर रहने गरि ९९९५ प्रतिशतमा घरकर्जा दिने छ। ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा बढी को प्रिमियम दर लागु हुनेछ। त्यस्तै कर्जा रकमको ०.५० ५ व्यवस्थापन शुल्क लाग्नेछ ।
बैंककाअनुसार घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ। बैंकले आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।