बैंकर पक्राउ घटनामा गभर्नरको भनाइ 'पक्राउ पर्नुभएका साथीले राम्रो गरेको भए डराउनुपर्दैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 05:48:41 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन सेन्चुरी कमर्शियल बैकका सीइओ सहित दश बैंकर पक्राउ परेको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बोलेका छन्। आज अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले पक्राउ परेका बैंकरहरुको नाम नलिईकन उनीहरुको पक्राउलाई  लिएर डराउनु नपर्ने प्रतिक्रिया दिएका छन्। 

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकसंग समन्वय गरेको भए राम्रो हुने कुरा गर्दा सबै अनुसन्धान सकेर मात्रै पक्राउ गरिएको जवाफ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट पाएको  छलफलमा उनले बताए। 

सहकारीको अनुसन्धान गर्दै जाँदा बैंकर तानिएको भन्ने जवाफ आएकाले यो प्रकरणलाई लिएर कोहि पनि आतंकित हुन नहुने उनको भनाई छ। सीआईबीले सबै अनुसन्धान सकेर नै प्रक्रिया अनुसारनै बैंकर समातेको प्रतिक्रिया दिएकाले आफुले बैंकरहरुलाई नआत्तिनलाई समेत भनेको समितिसमक्ष उनले जानकारी गराएका छन्। 

पक्राउ परेकाले सहि काम गरेको भए आफुहरुले प्राविधिक सहयोग गर्ने बताउदै गभर्नर अधिकारीले भने, 'जो साथी अहिले पक्राउ पर्नुभएको छ, उहाँहरूले सही काम गर्नु भएको छ भने पक्कै पनि उहाँहरुले राष्ट्र बैंकबाट प्राविधिक सहयोग लिनुहुन्छ, उहाँहरु चिन्ता लिनु पर्दैन, छानविनलाई सबैले सहयोग गर्नुपर्छ, गल्ति नै गरेको रहेछ भने कानुनअनुसार सजाय हुन्छ, त्यसमा केहि गर्न सकिन्न।'

गभर्नर अधिकारीले अहिलेको प्रकरणलाई लिएर कोहि पनि बैंकर आत्तिनु नहुने समेत बताएका छन्। राष्ट्र बैंक नेपाल सरकारकै अर्को निकाय भएकाले अनुसन्धानमा राष्ट्र बैकले पनि सघाउनुपर्ने बताए। 

'नेपाल प्रहरी र राष्ट्र बैंक दुवै सरकारको अंग हुन्' उनले भने, 'एकले गरेको काममा अर्कोले सहयोग गर्नुपर्छ, त्यहि हो यस्तो घटनामा सुरूमै दुई निकायबीच सहकार्य भएको भए राम्रो हुन्थ्यो। '

गभर्नर अधिकारीले बैंकर पक्राउ परेपछि यस बिषयमा सीआईबीसंग छलफल पनि भएको बताएका छन्। कानुनत: उजुरीको आधारमा बैंकिंग कसुर सम्बन्धि घटना पनि हेर्न सक्ने भएकाले सबै न्युनतम अनुसन्धान सकेर नै बैंकर पक्राउ गरिएको सीआइबीले जवाफ दिएको उनले बताए। 

सीआइबीले यो घटना सहकारीसंग जोडिएकोले यसको लहरो तान्दा बैंकका कर्मचारी पक्राउ परेको जवाफ आफुलाई दिएको समेत गभर्नर अधिकारीले जानकारी गराएका छन्। 

सीआइबीले गत साता मात्रै तत्कालीन सेन्चुरी कमर्शियल बैंकका सीइओ, डेपुटी सीइओ सहित कर्जाको फाइल उठाउने र सदर गर्ने सबैलाई पक्राउ गरेको थियो। देउराली सहकारीका तत्कालिन अध्यक्ष रबिन्द्र चौलागाईलाई कम धितोमा बढी कर्जा दिएको आरोपमा सीआईबीले एघार बैंकर पक्राउ गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved