ऋण तिर्नुपर्दैन भन्ने सडकको प्रचारले बैंकिङ क्षेत्र अफ्ठेरोमा पर्यो : अध्यक्ष केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 07:39:25 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय सडकबाट नै ऋण तिर्नुपर्दैन भन्ने कुराले गर्दा बैंकिङ क्षेत्र अफ्ठेरोमा परेको बत्येका छन्  । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालको बैंकिङ उद्योग दक्षिण एशियाका अन्य देशहरुको भन्दा सबल र बलियो रहेको भए पनि अहिले बैंकमाथि आक्रमण भएकोले  बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताए ।

 पछिल्लो समय बैकिङ उद्योगलाई लक्षित राज्यपक्ष र बाहिर सडकबाट दिने दबाबले अप्ठ्यारो बनाएको उनको भनाई थियो।  बैंकहरु निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले सडकबाट बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या भएको उनले बताए। बैंकहरु बढी पारदर्शी भएको कारणले पनि अप्ठ्यारो स्थिति भएको उनले टिप्पणी गरे ।  

बजारमा बैंकहरुले धेरै नाफा कमाए भन्ने आरोप लागेपनि पनि पछिल्लो समय लगानीको १० प्रतिशत मात्रै नाफा आर्जन गरेको बताए ।   ७ सय १९ अर्बको लगानी लगाएकोमा बैंकहरुले धेरै नाफा कमाएको नभई गत वर्ष बैंकहरुको नाफा घटेको उनले उल्लेख गरे । 

उनले बैंकबाट ऋण लिएपछि तिर्नु पर्ने उल्लेख गर्दै कुनै पनि हालतमा बैंकको ऋण मिनाहा हुन नसक्ने स्पष्ट पारे।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved