काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 05:53:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ०३ मा सोमबारदेखि पानीपोखरी शाखा संचालनमा ल्याएकोे हो । यो शाखा गरि बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको जनाइएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

 हाल बैंकको २७० शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६८ वटा एटीएम रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved