१० बैंकरलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति, बल्ल ४ जनाको बयान सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 12:16:20 AM मा प्रकाशित

laxmi  sunrise bank

उच्च अदालत पाटनले बैंकिंङ कसुरमा पक्राउ परेका बैंकरलाई हिरासतमा राख्न म्याद थप गरेको छ। अदालतले तत्कालिन सेन्चुरी कमर्शियल बैंकका दश  बैंकलाई थप सात दिन हिरासतमा राख्नलाई अनुमति दिएको हो। 

उच्च अदालत पाटनले बैंकिंङ कसुरमा पक्राउ परेका तत्कालिन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, डेपुटी सीइओ मनोज न्यौपाने, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, सन्ध्या श्रेष्ठ, दीपेश प्रधान र रमण श्रेष्ठ, राजेश भण्डारीलाई थप सात दिन हिरासतमा राख्नलाई अनुमति दिएको हो।

उनीहरु सबै राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा फागुन १५ गते पक्राउ परेका हुन्। अनुसन्धानको लागि अदालतबाट लिएको एक हप्ताको म्याद हिजो सोमबार सकिएको थियो।  बैंकिंङ कसुरमा अनुसन्धानको लागि ६० दिनसम्म हिरासतमा राख्न पाइने कानुनी व्यवस्था छ। केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार अहिलेसम्म सेंचुरिका तत्कालिन सीइओ तुलसीराम पोखरेल, डेपुटी सीइओ मनोज न्यौपाने सहित चार जनकको बयान लिइसकेको जनाएको छ। 

पक्राउ परेकाहरुमाथि देउराली सहकारीका तत्कालिन अध्यक्ष रबिन्द्र चौलागाईलाई १ अर्ब  १४ करोड २३ लाख ८४ हजार २५८  रुपैयाँको मुल्यांकनको जग्गा धितो राखेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ अर्थात् झन्डै ९७ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको आरोप रहेको सीआइबिले जनाएको  छ। यद्दपि उनीहरु पक्राउ पर्नुमा बिभिन्न दृष्टिकोणले व्याख्या तथा विश्लेषण गरिएको छ। 

बचतकर्ताको बचत हिनामिना गरेको आरोपमा गत कात्तिक १७ गते पक्राउ परेका चौलागाईमाथिको अनुसन्धानलाई अगाडी बढाउने क्रममा तत्कालिन सेन्चुरी कमर्शियल बैंकका कर्मचारी पनि पक्राउ परेको सीआइबिको भनाई छ। यस प्रकारणमा गभर्नर महाप्रासाद अधिकारीले सार्वजनिक कार्यक्रमम दिएको  अभिव्यक्तिलाई आधार मान्दा यो घटना गम्भीर प्रकृतिको भएको विश्लेषण गरिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved