शिवरात्रीका दिन एनएमबि बैंकका यी शाखाहरु खुल्ला रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 06:18:50 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार अर्थात महाशिवरात्री तथा अन्तराष्ट्रिय महिला दिवसका दिन पनि एनएमबि बैंकका केहि शाखा खुल्ला रहने भएका छन् । बैंकले बिहिबार एक सूचना जारी गर्दै शुक्रबार बिदाका दिन पनि विभिन्न शाखा खुल्ला रहने जनाएको हो । 

बैंकका अनुसार देशको शुदुर पूर्व देखि शुदूर पश्चिमसम्म ६ वटा शाखाहरु खुल्ल रहने छ । कोशी प्रदेशको विराटनगरमा रहेको होलिडे काउन्टर बिहान १० बजे देखि दिउँसो १ बजेसम्म खुल्ला रहने छ । त्यसैगरी, मधेश प्रदेशको लहान शाखा र गण्डकी प्रदेशको पोखराको चिप्लेढुंगामा रहेको शाखा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुल्ला रहने छ । 

यसैगरी, काठमाडौँको कान्तिपथमा रहेको होलिडे काउन्टर र शुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको होलिडे काउन्टर दिउँसो ११ देखि २ बजेसम्म खुल्ला रहेने  बैंकले जनाउको छ । 

यसैगरी, बुटवलको ट्राफिक चोकमा रहेको होलिडे काउन्टर बिहान १० देखि दिउँसो १ बजेसम्म खुल्ला रहेने बैंकले उल्लेख गरेको छ । 

उक्त दिन ति शाखाहरुबाट आईपीएस, क्लियरिङ र आरटीजीएस लगायतका सेवाहरु उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ । 

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved