माछापुच्छ्रे बैंकद्धारा विद्यालयमा शौचालय निर्माण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 06:16:51 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले विद्यालयलाई शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले कैलालीको गोदावरी स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्य गरेको जनाएको छ । 

बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो । उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी न.पा.वडा नं.०६ का वडा अध्यक्ष जहरु साउदले बैंकले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । साथै उनले आगामी दिनमा पनि बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानिय निकायहरुसंग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै बैंकका महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त शैलेश्वरी उच्च माध्यामिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved