सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तिय साक्षरताका कार्यक्रम, बिद्यार्थीलाई दियो बैंकिंङ ज्ञान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 10:03:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले ग्लोबल मनि विकको उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमहरु सम्पन्न गरेको छ। "प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर'' भन्ने मूल नाराका साथ ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर सम्पन्न गरेको सिटिजन्स बैंकले जनाएको छ। 

बैंकले कोशी प्रदेशको विराटनगर, विर्तामोड, हल्दिबारी र महेन्द्र चोक , मधेश प्रदेशको  विद्यापतिचोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ । 

यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिंगको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिंग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिंग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । 

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ। 






Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved