राष्ट्र बैंकद्वारा एकै वाणिज्य बैंकमा ४ पटकसम्म 'स्पेसल इन्स्पेक्सन्', के के विषय भेटिए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 07:04:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को बैंकसुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आज सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो 

आर्थिक वर्ष २०७९/८० मा राष्ट्र बैंकले ११ वटा वाणिज्य बैंकमा 'फुल स्कोप' स्थलगत निरीक्षण गरेको छ । राष्ट्र बैंकले कुमारी , एनसीसी,  स्ट्याण्डर्ड चार्टर्ड, नबिल ,एनआईसी एशिया, प्रभु, सिटिजन्स, ग्लोबल आईएमई, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियल बैंकमा  'फुल स्कोप' स्थलगत निरीक्षण गरेको हो

त्यस्तै राष्ट्र बैंकले ११ वटा वाणिज्य बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको छ। राष्ट्र बैंकले लक्ष्मी, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, सानिमा, सनराइज, एभरेष्ट, एनएमबि, माछापुच्छ्रे, कृषि विकास, नेपाल बैंक, र सिद्धार्थ बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको छ। 

राष्ट्र बैंकले १८ वटा बैंकमा स्पेसल निरीक्षण गरेको छ। जसमा दुइ वटा बैंकमा ४ पटकसम्म, र दुई वटा बैंकमा ३ पटकसम्म स्पेसल निरीक्षण गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले प्रभु र लक्ष्मी सनराइज बैंकमा ४ पटकसम्म तथा ग्लोबल आईएमई र कुमारीमा ३ पटकसम्म स्पेसल निरीक्षण गरेको छ । 


स्पेसल इन्सपेक्सन भएका वाणिज्य बैंक


निरीक्षणमा निम्न विषय भेटिएको राष्ट्र बैंकले जनाएको छ 

बैंकको संचालक समितिको बैठकको एजेण्डा धेरैजसो  ऋण मूल्याङ्कन / अनुमोदन / रिकभरी कार्यहरु र खरिदसँग सम्बन्धित हुने पाइएको छ । संचालक समितिले नीतिगत विषयमा, अनुपालन, लेखापरीक्षण र जोखिम व्यवस्थापन विषयमा छलफल गर्न कम समय खर्च गरेको भेटिएको छ। 

केहि बैंकले रिकभरी योजना नबनाएको, अनुपालन नीति नबनाएको, संचालक शिक्षा कार्यक्रम नबनाएको 

अधिकांश बैंकमा महिला संचालक नभएको 

केहि बैंकले सीइओको कार्यसम्पादन मुल्यांकन नगरेको 

अघिल्लो संचालक समितिको बैठकमा भएका निर्णयको कार्यान्वयन बारे र व्यवस्थापनलाई दिएको निर्देशन कार्यान्वयनबारे छलफल नभएको 

जोखिम व्यवस्थापनबारे कार्ययोजना नबनाएको 

फ्रेमवर्क अनुसार ऋणको जोखिमभार नतोकेको केहि बैंकले न्युनतम पुजीकोष कायम नगरेको । 

व्यवसाय निरन्तरता योजना नबनाएको इन्टर्नलाई पनि कोर बैंकिंगसँग समबन्धित काम लगाएको 

यी बाहेक राष्ट्र बैंकले अन्य विषयपनि फेला पारेको राष्ट्र बैंकले जनाएको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved