वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिवद्द : गभर्नर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2024 | 08:42:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिवद्द रहेको बताएका छन् । राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा शुभकामना संदेश दिंदै उनले यस्तो बताएका हुन् ।

साथै उनले मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन राष्ट्र बैंक सदा समर्पित रहने प्रतिवद्दता जनाएका छन्। शुभकामना संदेशमा भनिएको छ 'राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिवद्दता व्यक्त गर्दछौं ।'

नेपाल राष्ट्र बैंकले आज वैशाख १४ गते शुक्रबार आफ्नो ६९ औं वार्षिकोत्सव मनाउदै छ। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुने छ ।

वार्षिकोत्सव कार्यक्रममा सहभागिताको लागि राष्ट्र बैंकका पूर्व गभर्नरहरु, पूर्व डेपुटी गभर्नरहरु, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरुलाई घर ठेगानामा निमन्त्रणा पत्र पठाई सकिएको विभागले जनाएको छ । कथंकदाचित उक्त निमन्त्रणा पत्र प्राप्त हुन नसकेको भए सार्वजनिक सूचनालाई निमन्त्रणा मानी सो समारोहमा उपस्थित भईदिन राष्ट्र बैंकले अनुरोध गरेको छ । 

राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरुले पनि विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाउँदै छन् । नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (२६ अप्रिल १९५६) भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved