बैंकर मनोज ज्ञवाली भन्छन-'ढुक्क हुनुहोस,कर्जामा ब्याजदर तत्काल घट्दैन' (विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 15, 2017 | 10:18:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्जा लिएर कारोबार गर्ने सुरसारमा हुनुहुन्छ या बैकहरूले पाख्नुस न ब्याजदर घट्दा घटाउला नी भन्ने आश्वासनमा बस्नु भएको छ या ब्याजदर घटेर शेयर बजार बढ्छ भन्ने आशामा हुनुहुन्छ भने ढुक्क हुनुस है कर्जामा ब्याजदर तत्काललाई घट्दैन।

बैंकिङमा चलिरहेका निम्न प्रतियोगिता, यो प्रतियोगितामा आक्रामक रुपमा प्रस्तुत धुरन्धर खेलाडिहरु तथा दुरगामी सोचका साथ नियमहरु ल्याईरहेको रेफ्रीको बारेमा केहि नभनौ भन्दा नी लागेको कुरा सेयर गरियो।

प्रतियोगिता नम्बर १:

बैक तथा बित्तीय संस्थाहरुले कल डिपोजिटको दर सेभिंग डिपोजिटको भन्दा बढि दिन नपाउने भन्ने व्यबस्था गरियो त्यसमा अझै थपेर न्युनतम बचत दर भन्दा बढि दिन नपाउने ब्यस्था गरियो। ब्यबस्था नयायोचीत नी थियो तर बैकहरुले ल्याएको समाधान हेर्नुस। 

चैत्र सकिनै लाग्दा केहि बैकहरुले सेभिंगको न्युनतम रेटलाई १-३% बाट बढाएर ५-७% या ६-८% सम्म गरिसके। अब बिकास बैक भन्दा बाणिज्य बैकहरुको सेभिंग डिपोजिट रेट बढि भएको छ। यो प्रतियोगिताको शुरुवात हो अब अरु सबैले सिको गर्न बांकी नै छ। जुन बैकहरुले यसरी स्वाट्टै ३,४ गुणा ब्याजदर बढाए नी उनीहरुले सोचेको होला की सारा कल डिपोजिट उनीहरुकोमा थुप्रीन्छ अनी १२-१३ प्रतिशत वाला मुद्दती निक्षेप  नलियो भने कस्ट म्याच भैहाल्छ। 

या कल डिपोजिटको दर घटेकोले बढेको सेभिंग डिपोजिट कस्ट केहि  हदसम्म म्याच भैहाल्छ भन्ने सोच होला। तर यो प्रतियोगीताले कस्ट अफ फन्डलाई निरन्तर बढाउछ। अरुले नी यहि सिको गर्छन्। अब बैकहरुको २५%-४०% सम्म रहेको सेभिंग डिपोजिटको कस्ट ३,४  गुणा बढ्यो भने कस्ट अफ फन्ड कहां पुग्छ? जब कस्ट अफ फन्ड घट्ने छांट छैन भने ऋणमा ब्याज दर कसरी घटाउछन् बैकहरुले?

प्रतियोगिता नं २:

कल डिपोजिट नभागोस् या अरुको तानौ भनेर मुद्दती निक्षेप भन्ने प्रोडक्टलाई स्टक्चर मुद्दती निक्षेप, फ्लेक्जिबल मुद्दती निक्षेपको नाममा परिपक्वता अगाडी जुनसुकै बेला पैसा झिक्न सक्ने गरी  स्टक्चर गर्दे डिपोजिट तानातान प्रतियोगिताले आफ्नै सेभिंग डिपोजिट नै उच्च लागतको स्टक्चरको स्टक्चर मुद्दती निक्षेपमा रुपान्तरण हुन्छ या अरुको सेभिंग डिपोजिट त आउंछ तर आफ्नो फेरी यसै गरी अर्केले तानेर लैजान्छ। बैंकिङ क्षेत्रमा समग्रमा नै डिपोजिट लागत बढ्छ अनी पख्नुस् पख्नुस् ब्याज घट्दासाथ पहिला यहांकै कै ब्याज घटाउछु भनेर फकाउदै पठाएको ऋण लिएको ग्राहकको ब्याज कहिले र कसरी घटाउने?


प्रतियोगिता नं ३: 

नियमनकारी निकायले कहिले सिसिडीको परिभाषामा मा परिवर्तन गर्ने त कहिले सिसिड़ीलाई सिडीमा परिवर्तन गर्छो भन्ने कुरा बोल्दै गर्दा बैक तथा वित्तीय संस्थाहरुले कसरी आफ्नो रणनिति बनाउने भन्ने कुरामा अन्यौल। यदि सिसिड़ीलाई सिडीमा परिवर्तन गरियो भने पोर्टफोलियो बनाउदै गरेका संस्थाहरुलाई गाह्रो पर्छ। एकातिर पुंजीलाई ४ गुणा बढाउने अनी बढि आएको रकमलाई कर्जा प्रवाहमा उपयोग गर्न नपाउने हो भने नयां संस्थाहरुले डिपोजिट वृद्धि दर अझै बढाउनु पर्ने हुन्छ। यसरी डिपोजिट तानातान प्रतियोगीता कायमै राख्न यो नयां ब्यबस्थाले सहयोग गर्छ कि गर्दैन?

पहिला डिपोजिट तानातान प्रतियोगीतामा समाबेस हुदै डिपोजिटको दर १३-१४% पुर्याउने अनी दिनकै ऋणीलाई ब्याज बढेको एसएमएस  आतंक पैदा गर्दा नियमनकारी निकायले निर्देशन जारी गर्ने शुरसार गर्देछ अब यो स्टक्चर र फ्लेक्जिबल मुद्दती निक्षेप प्रतियोगिताले अर्को आपद ल्याउदैन भन्ने कसरी?

अनी अब कप डिपोजिट नभागोस् भनेर मासिक, साप्ताहिक मुद्दती निक्षेप हुंदा हुंदा अन्तराष्ट्रिय अभ्यास भन्दै भन्दै रातारात प्रतिस्थापन प्रतियोगीता शुरु गर्नु पुर्व हामी संयमित हुदै समग्र बैकिड़ क्षेत्रको हित समेतलाई ध्यान राखेर अघी बढ्न जरुरी हो या होईन?

सम्बद्द निकायहरुले अब देख्यौ बचतकर्ताले उचीत प्रतिफल पाए भन्दै छाती फुलाउने की यो ब्याजदरमा ब्यापार ब्यबसाय या त चौपट हुन्छ या कर्जाको लागतले बढेको उत्पादन लागत भन्दा २,४ गुणा थपेर ब्यापारीले तिनै निक्षेप कर्ताबाट असुल्छ भनेर केहि लामो सोच राख्ने? जिम्मेवारीबोध कस्ले गर्ने खै?

बैकहरुले नि आफूले निर्णय लिदा जिम्मेवार भई बैंकिङ क्षेत्रको या सबै पक्षको बारेमा नसोची समस्याबाट मेरो संस्था कसरी उम्कीने भन्ने क्षणीक सोचका साथ निर्णय गर्दा बैकिड़मा अस्थीरता बढ्दो अनी विश्वास गुम्दो छ। आधीबेहरी र हुलमुलमा संयमित हुन अझ बढि जरुरी हुन्छ। हुलमुल र आधीबेहरी क्षणिक हुन्छ संयमित भएमा स्थीती छिटै सामान्य हुन्छ भने ठेलमठेल र असंयमित ब्यबहारले कैयौको ज्यान जान्छ। दुरगामी सोचका साथ निर्देशन दिईरहेको नियमनकारी निकायको बारे मा के भनौ खै; समयले स्पष्ट पार्ने नै छ। जे होस् संकेतहरु राम्रो छैनन्: संयमित होउं, जिम्मेवार रहू अनी सुरक्षीत रहू। साख नगुमोस्; सम्बद्द सबैलाई समय मै चेतना भया!!

नयां बर्ष शुभ रहोस्!!

जय होस्, शुभ होस्!!!


ज्वोति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीको फेसबुकबाट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved