बिद्यार्थीकाल देखीनै जिवनको पोर्ट्फोलीयो मिलाउने बारे सोच्ने कि! (रोहन शर्माको ब्लग)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 06:57:39 PM मा प्रकाशित

laxmi  sunrise bank

रोहन शर्मा 

कुरा करिव एक दशक भन्दा अगाडीको हो। ब्यवस्थापन सँकायको स्नातक तह अध्यान गर्ने क्रममा ACCOUNT बिषयमा एउटा च्याप्टर थियो "ISSUE OF SHARE AND DEBENTURES" जसमा अहिले सेयर बजारमा प्रयोग हुने अधिकाँश शब्दावाली( ISSUE, BONUS SHARE, RIGH SHARE,  IPO, CASH DIV., ALLOTMENT, PAR VALUE, PAIDUP etc. ) समावेश थियो । तर आफुलाई भने ति शब्दावाली बिल्कुलै फरक लाग्नुका साथै कुराहरु बुझ्नै गाह्रो हुन्थ्यो।

बच्चाले आमा बाबुलाई बारम्बार प्रश्न सोधेर हैरान पारे जस्तै सरलाई कुरै पिच्छे प्रश्न सोध्दा हैरान भएर भन्नु भयो, "तिमीसँग एक हजार रुपैयाँ छ ?" "एक हजार मात्र हैन पाँच हजार छ!" मैले उत्तर दिएँ । "त्यसो भए पर्सीबाट लक्ष्मी बैंकको IPO खुल्दैछ १००० रुपैयाँको सेयर आवेदन देउ, बाँकी ४००० लिएर पुतलिसडक ब्रोकर अफिसमा जाउ अनि दोस्रो बजारमा लगानी गर , सेयरको बिधी र प्रकृयाबारे सबै कुरा मज्जासँग बुझ्नेछौ।" सरले भन्नुभयो। 

बास्तबमै सरले देखाएको त्यो बाटोनै मेरो लागी आजसम्मको गन्तव्य बन्यो।

यो घटनाक्रम सेयर गर्नुको मुल उदेश्य सेयर बजारमा विद्यार्थीलाई प्रोत्सान गर्नु हो। बिद्यार्थी जिवन भनेको उर्जाशिल हुन्छ। केहि सिकौं भन्ने भावना रहेको हुन्छ। नयाँ नयाँ प्रबिधीमा पहुँच हुन्छ । यो समय यि कुराहरुलाई दुरुपयोग गरेर, सामाजिक सँजालमा मात्र मस्त भएर,फजुल खर्च गरेर,कुलतमा लागेर आफुमा सँचित उर्जालाई खियाउँदै लैजानुको साटो आफुसँग रहेको धेर थोर रकम लिएर सेयर बजार प्रवेश गर्नुहोस्। राम्रा कम्पनीहरुमा दिर्घकालिन सोचका साथ लगानी गर्नुहोस्। सम्बन्धित बिषयमा अध्यान गर्दै ज्ञान बढाउँदै लैजानुहोस्। आज रोपेको सानो बिरुवाले भोली तपाईंलाई निरन्तर फल दिन थाल्छ। 

सेयर बजार यस्तो क्षेत्र हो जहाँ प्रवेश गर्न , लगानी गर्न, कमाउनको लागी तपाईंलाई कसैको सिफारिस/पावरको जरुरत पर्दैन। लगानी गर्न यती नै रकम चाहिन्छ भन्ने पनि छैन। जागिरमा जस्तो पुरै समय दिएर खटिनु पनि पर्दैन। आफुले गर्ने फजुल खर्चलाई जोगाएर लगानी गरी प्रतिफल आउने बातावरण बनाउनु भयो भने तपाईंलाई परिवारले थप बिश्वाश गर्नेछ जसका कारण थप लगानी जुट्न सहयोग पुग्दछ। 

पुरानो पाठ्यक्रममा स्नातक/स्नाकोत्तर पढाई हुने अधिकांश बिषयहरु अहिले प्लसटु मै समावेश गरिएको छ। हरेक क्षेत्रमा प्रबिधीको प्रयोग बढ्दो छ । सेयर बजारकै अवस्था कुरा गर्ने हो भने गएको एक दशकमा कायापलट नै भएको छ। निकै एड्भान्स छ अहिलेको युवा पुस्ता । अहिलेको युवापुस्ताको काम भनेको बाटो बनाउनु नभई बनिसकेको सुबिधायुक्त बाटोमा होसियारीका साथ सवारी साधन कुदाउनु हो। 

जिवन लामो छ, अभावको जिवन त झनै लामो हुन्छ। तसर्थ भबिश्यलाई सहज बनाउन/सोचेजस्तै सपनाको जिवन जिउन बिद्यार्थीकाल देखीनै जिवनको पोर्ट्फोलीयो मिलाउने बारे सोच्ने कि!


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved