यो वर्ष, पहिलो पटक, नेपालमा कोका–कोलाले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरुलाई खेलमैदानबाट बाहिर आफ्ना फ्यानहरुसँग अन्तरक्रिया गर्ने अवसर सिर्जना गराएको छ । कोका–कोला मोःमोःत्सवको एउटा भागको रुपमा कोका–कोलाले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरुलाई म्यान भर्सेज मःमः प्रतियोगितामा प्रतिस्पर्धा गराएको हो।
यस प्रतियोगितामा ७ जना राष्ट्रिय टिमका फुटबल खेलाडिहरु एक आपसमा भिडन्त गरेका थिए । कोका–कोला मोःमोःत्सवअन्तर्गत कमल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, अनिल गुरुङ, रविन श्रेष्ठ, विराज महर्जनले रमाईलो प्रतियोगिता मेन भर्सेज मःमःमा प्रतिस्पर्धा गरे ।
यस मेन भर्सेज मःमः प्रतिस्पर्धामा फुटबल मैदानमा बल खोस्न र गोल गर्न तँछाडमछाड गर्ने फुटबल खेलाडीहरु सबैभन्दा धेरै मःमः खाएर विजयी हुन घम्साघम्सी गरेका थिए । खेलाडिहरुले कोकको प्रत्येक घुट्कोको साथमा मःमः खाएर आफूलाई बिजेता बनाउने कोसिश गरे।
यस प्रतिस्पर्धामा रबिन्द्र श्रेष्टले ६६ वटा म:म खाएर प्रथम' भएका छन। आफ्ना साथीभाईहरुबिच मःमः खाने प्रतिस्पर्धा गर्ने मुडमा रहेकाले आफूलाई पायक पर्ने नजिकैको कोकाकोला मोःमोःत्सव आयोजना भईरहेको रेष्टुरेन्टमा साथीभाई तथा परिवारसँग गएर यस मोःमोःत्सवको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।