शाओमीद्धारा नेपालमा पोको एफ ३ को लन्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 04:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले आज नेपालमा आफ्नो स्मार्ट फोन पोको एफ ३ को लन्च गरेको छ । शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिनको साथ पोको एफ ३ लन्च गरेको हो । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पोकोमा फ्यानहरुको लागि  टेक्नोलोजी ल्याउनमा केन्द्रित रहेको बताए । उनले भने, “पोकोका उत्पादनहरुले नेपालमा देखेको जबरदस्त प्रतिक्रिया हाम्रो उपभोत्ताहरुको हामी माथिको विस्वासको गवाही हो । हाम्रो विरासतलाई अगाडि बढाउँदै हामी पोको एफ ३– द रियल बिस्ट नेपालमा ल्याउन उत्साहित छौँ । अहिले सम्मकै सभैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम® स्न्यापड्रागन TM ८७० ५जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस® अडियोको साथ आउँछ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्ध रहेको  छ ।”

पोको एफ ३ तीन वटा कलर भ्यारियन्टहरु आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३०/२०२१ बाट उपलब्ध हुने बताइएको छ । पोको एफ ३ को मूल्य नेपालमा ६ जीबी+१२८ जीबीको भेरियन्ट रु ४६,९९९ र ८ जीबी+२५६ जीबीको भेरियन्ट रु ५१,९९९ रहेको शाओमीले जनाएको छ । 

पोको नेपालले जुन ३०/२०२१ भन्दा अघि पोको एफ ३ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्ने बताइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved