३ वर्ष मै रियलमीले बेच्यो १० करोड थान स्मार्टफोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 01:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन विक्री गर्न सफल भएको जनाएको छ । स्ट्राटेजी अनालितिक्सको बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्राण्ड रियमली भएको देखाएको हो । 

२०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको छ कम्पनीले जनाएको छ   । २०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा रियलमी देखिएकोमा अन्तराष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ ।

२०१८ अगस्टमा स्थापना भएको रियलमीले ३ वर्ष मै यो उपलब्धि हासिल गरेको हो  । काउन्टरपोइन्टको रिपोर्ट अनुसार भारतमा छोटो समयमा ५ करोड स्मार्टफोन विक्री गर्ने सफल कम्पनी रियलमी बनेको छ   ।

५जी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ । यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।

३ वर्ष अघि मात्रै २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्राण्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौँथौँ र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँसहित १३ वटा बजारमा यसको टप ५ स्मार्टफोन भित्र रहेको छ ।

कम्पनीले आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन विक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो माइल्स्टोन प्राप्त गर्ने दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved