अनलाइन फुड डेलिभरी ‘भोज’ अब बुटवलमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2021 | 05:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि सेवा बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा  शुरुआत गरीएको र अन्य रेस्टुरेन्टहरु पनि थपिने क्रममा रहेको भोजले जनाएको छ । 

काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने बताईएको छ । 

शुरुआतमा नै ग्राहकहरुकालागि अफरहरु ल्याएको छ । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले  २५ प्रतिशत सम्म छुट पाउने बताइएको छ ।

भोजले काठमाडौँका ग्राहकहरुलाई जसरी नै बुटवल र भैरवाहामा पनि नयाँ नयाँ अफर सार्वजनिक गर्ने तयारीमा भोज छ । उपत्यका बाहिर पहिलो पटक सेवा सुरु गरेको भोजले केही दिनमै भैरहवामा पनि सेवा दिने संचालक निकेत अग्रवाल बताउँछन् ।

अग्रवालले गौतम बुद्धको जन्मभूमिमा सेवा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने बताए । कोभिड १९ का कारणले ग्राहकहरु बाहिर जान रुचाउँदैनन । यो अवस्थामा सबै सुरक्षाका मापदंडसाथ ग्राहकका अफिस तथा घरमा उनिहरुको मनपर्ने खाना पुर्याएर निर्धक्क भई आफ्नो साथी, परिवार संग खान र रमाउने बाताबरण बनाउने अग्रवालको भनाइ छ ।

ग्राहकहरूले इसेवा, फोनपे, आइएमइ पे, कनेक्ट आइपिएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन् । विदेशमा बसेका नेपालीहरुले आफन्तका लागी पनी अर्डर गर्न सक्नेछन्।

भोजले काठमाडौँमा ४ वर्षदेखी रेस्टुरेन्ट तथा क्याफेको खाना साथै खाद्यान्न, तरकारी, फ्रोजन फूड जस्ता दैनिक उपभोग्य वस्तुहरु ग्राहकको घरसम्म पुर्याउँदै आएको छ । काठमाडौ उपत्यकामा भोज लगभग ७ सय रेस्टुरेन्ट तथा क्याफे र २० वटा खाद्यान्न स्टोरहरुसंग आवद्ध भएर ग्राहकहरुलाई सेवा उपलब्ध गराई रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved