मिसेस नेपाल वल्र्ड २०२१ का बिजेतालाई ग्यालेक्सी जम्बो बासमती राइसद्धारा सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 08:36:45 PM मा प्रकाशित

laxmi  sunrise bank

रेवन इन्टरटेनमेन्टको आयोजनामा यही जनवरी १, २०२२ का दिन काठमाण्डौंमा सम्पन्न भएको मिसेस नेपाल बल्ड २०२१ का बिजेताहरुलाई हरपल फुड्स प्रा.लि.ले बजारमा बिक्री बितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसद्धारा आज आयोजित एक समारोहका बीच सम्मान गरेको छ। 

उक्त बधाई एवं सम्मान समारोहमा मिसेस नेपाल बल्र्ड २०२१ को बिजेता दीक्षाश्री केसी, मिसेस नेपाल इन्टरनेशनल उषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, मिसेस नेपाल वर्ल्ड थर्ड रनरअप मनिता प्याकुरेल र मिसेस नेपाल वल्र्ड भ्युअर्स च्वाइस माधुरी कर्णलाई स्वागत एवं सम्मान गरिएको थियो । कार्यक्रम हरपल फुड्स प्रा.लि.का अध्यक्ष श्री जनक बहादुर धामीको अध्यक्षतामा भएको थियो । 

नेपाली नारीहरु अब हरेक क्षेत्रमा अब्बल भएर अगाडि बढिरहेको र यस्तो किसिमको अन्र्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिस्र्पधा गर्ने कार्यक्रममा उनिहरुको अब्बलता एवं दक्षताले सबै नेपाली नारीहरुलाई उनिहरुको हरेक प्रगतिमा कोषेढुङ्गा हुने र हरपल फुड्स प्रा.लि. यस प्रकारको कार्यक्रममा एवं उनीहरुले हाम्रो उत्पादनसँग मेल खाने कुनैपनि कार्यक्रममा सहकार्य गर्न इच्छुक रहेको समेत धामीले बताए।

 यसै अवसरमा सम्मानित महानुभावहरुले काठमाण्डौंको मैतीदेवीमा अवस्थित नेचर सुपरमार्केटको अवलोकन गर्नुका साथासाथै उनीहरुलाई  नेचर सुपरमार्केटले निशुल्क बार्षिक सदस्यता समेत बनाएको छ।

 ग्यालेक्सी जम्बो बासमती राइसले यस किसिमको कार्यक्रम राखी आफुहरुलाई यति ठुलो  सम्मान दिएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहेको  मिसेस नेपाल बल्र्डका बिजेता दीक्षाश्री केसीले बताइन।

 हामी महिलाहरु जहिलेपनि अगाडि बढ्ने र केही गर्ने अठोटका साथ समाजका लागि केही गर्ने अग्रसरतामा हरपल फुड्सले सहकार्य गरेकोमा धेरै धेरै धन्यवाद भन्दै हरपल चामलका ब्राण्ड एम्बेसेडर दिपाश्री निरौलाले अझ यस किसिमको कार्यक्रमहरु बढी भन्दा बढी हुदै जाँदा  हामी महिलाहरु अझ अगाडि बढ्ने प्रेरणा मिल्ने बताइन।  

कार्यक्रममा हरपल फुड्स र नेचर सुपर मार्केटका अध्यक्ष जनक धामी, कि एडभरटाइजिङका अध्यक्ष रवीन्द्र रिजाल, निर्देशक,कलाकार, हास्य अभिनेत्री एवं हरपल चामल एवं नेचर सुपरमार्केटका ब्राण्ड एम्बेसेडर दीपाश्री निरौलाको उपस्थित थियो।

मिसेस नेपाल वल्र्ड २०२१ लाई हरपल फुड्स प्रालि आधिकारिक बिक्रेता रहेको ग्यालेक्सी पियोर जम्बो बासमती राइसले मुख्य प्रायोजन गरेको थियो। 

कार्यक्रममा बोल्दै अध्यक्ष धामीले मिसेस नेपाल वर्ल्डलाई प्रायोजन गर्न पाउदा खुसी लागेको बताए । ‘महिला तथा गृहिणीहरुको क्षमता विकासका क्षेत्रमा भएका कार्यक्रमहरुमा हामीले सहकार्य गर्दै आइरहेका छौं,’ उनले भने । कार्यक्रमको सञ्चालक हरपल फुड्सका प्रवन्धक तारामान धामीले गरेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved