ईकमर्श हब ‘भेषभूषा’ सञ्चालनमा, ३४ वटा ब्राण्डका सामान बिक्री गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2022 | 07:46:09 PM मा प्रकाशित

laxmi  sunrise bank

इ–कमर्स ब्राण्ड हब ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महानायक राजेश हमालले सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु पाइने ‘भेषभूषा डटकम’को उद्घाटन गरेका हुन्।

स्वदेशी तथा विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

कम्पनीको अध्यक्ष दिपक पाण्डे रहेका छन् । अध्यक्ष पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ शहरमा सेवा उपलब्ध गराइने बताए। त्यस्तै केही वर्षभित्र विदेशमा पनि नेपाली सामान अनलाइन प्लेटफर्म मार्फत पु¥याइने उनको दाबि छ। विदेशी ब्राण्ड नेपालीलाई उपलब्ध गराउने मात्रै होइन स्वदेशी ब्राण्ड विदेशमा पनि पु¥याउने भेषभूषाको लक्ष्य रहेको छ।

नविनतम् शैली र सेवाहरु मार्फत ग्राहकहरुको सोच, आवश्यकता र चाहनाअनुरुप खरिद, बिक्री र परामर्शको एकीकृत संञ्जालमार्फत गुणस्तरीय सामानहरुलाई उत्कृष्ट बिक्री माध्यम तथा विश्व स्तरीय अत्याधुनिक सेवा प्रणाली मार्फत् उपभोक्ताहरूसँग जोडिने भेषभूषाका प्रबन्ध निर्देशक अनिल बन्जराले बताए । 

देशैभरि सौन्दर्य तालिम तथा प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा सँग–सँगै अन्य थुप्रै रचनात्मक प्रयासहरु सहित देशैभरि आफ्नो सेवा क्षेत्र बिस्तार गर्दै सौन्दर्य, फेशन र जीवन शैलीका नयाँ–नयाँ ज्ञान र विकसित नविनतम् शैलीहरु बारे सचेत तुल्याउँदै आम उपभोक्ताहरुको जीवन थप सभ्य र भब्य बनाउन सहयोग पु¥याउँदै अगाडि बढ्ने कम्पनिले प्रेषित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भेषभूषा डटकमकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) तृष्णा आचार्यका अनुसार विश्व प्रख्यात ब्राण्डहरुको नेपालमा पहिलो डिजिटल प्लेटफर्मको सुरुवात भएको हो । भेषभूषा डटकमको अनलाइन र अफलाइन सेवा संयन्त्र मार्फत खरिद, परामर्श र अन्तरक्रियाको काम पनि हुने सीईओ आचार्यले बताईन् ।

हुलास वेलनेस, केटीएम क्वीन्स, गोल्ड स्टार, इमेज लगायतका नेपाली १६ वटा र अन्तर्राष्ट्रिय एडिडास, लिभाइज, रिवोक, पिक लगायतका १८ वटा ब्राण्ड गरी सुरुवातमा ३४ वटा ब्राण्डका सामान बिक्री गर्ने जनाइएको छ । जहाँ २१ प्रकारका फेसन सम्वन्धी, ४ प्रकारका लाइफस्टाइल सम्वन्धी र ९ वटा ब्राण्ड ब्युटीसँग सम्वन्धित रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved