अस्ट्रेलियाबाट फर्केर नवलपुरमा साथीमार्टकाे फ्रेन्चाइज आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 01:14:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै ठुलो ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टले एक्ले साल, नयाँबजार, गैंडाकोट-२, नवलपुरमा आफ्नो नयाँ फ्रान्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ । ८ वर्ष अष्ट्रेलिया बसेर नेपाल फर्केका प्रदिप रावलले मार्ट सुरु गरेका हुन् ।

५ सय वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान हुनेछन् । 'विदेशी भुमीमा वर्षौं बसेर काम गरियो र अन्तयमा आफ्नै देश फर्किएँ । नेपालमा आएपछि कुन व्यवसाय अपनाउने, केमा लगानी गर्ने दुबिधा थियो ।' रावल थप्छन् ' म अस्ट्रेलियाको ग्रोसरी चेन वुलवर्थबाट म प्रभावित पनि थिएं । साथीमार्टसँग जोडिए पछि आफ्नै ठाउँमा ब्यवस्थित व्यवसाय सञ्चालन गर्न सकिने साथै रोजगारी सिर्जना गर्न सकिने देखेर म जोडिएको हुँ ।'

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको साथीमार्ट इन्कर्पोरेट प्रालिका सँस्थापक सिइओ सागर पोख्रेलले बताए । 

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved