कञ्चनपुरमा डिशहोम फाईबरनेट शोरूम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 03:13:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । जेष्ठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ ।

कम्पनीका अनुसार   लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

३ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने नव दुर्गा पशुपालन तथा कृषि फार्मले सञ्चालकले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved