एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 03:39:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरि ‘जाम्न’ बनाइएको छ । नेपालीहरूको मुखमा सहजै झुन्डिने शब्द चयन गर्ने क्रममा नाम परिवर्तन गरिएको कम्पनीका संस्थापक सिइओ ज्ञानेन्द्र खड्काले बताए ।

जाम्नको मोबाइल एप र अफिसियल वेबसाइट (Jaamna.com) बाट नेपालको ५ वटै डोमेस्टिक एयरलाइन्स र एक हजार पाँच सयभन्दा बढी होटल बुक गर्न सकिन्छ । नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट (ई–सेवा, फोन पे, खल्ती) लगायत बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गरी नेपालभित्र  होटल र एयरलाइन्स बुक गर्न सकिन्छ । साथै अनलाईन मार्फत रकम भुक्तानी गर्न नचाहने ग्राहकले एपमा ‘पे एट होटल’को अप्सन छनौट गरि सिधै होटलमै रकम भुक्तानी गर्न मिल्नेछ ।

यस्तै, जाम्न प्रयोगकर्ताले प्रत्यक होटल बुकिङ पश्चात ‘जीक्यास’ प्राप्त गर्नेछन् । सो जीक्यास प्रयोग गरी उनीहरूले अन्य होटल बुकिङ, फ्लाईट बुकिङ र फ्रि होलिडेका लागि रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ ।

यस बाहेक जाम्नले जुलाई महिना भरीका लागि ‘जाम्न ५०० अफर समेत ल्याएको छ । जस अन्तर्गत प्रयोगकर्ताले जाम्न मार्फत होटल बुकिङ लगायत अन्य कारोबारमा गर्दा ‘जाम्न ५००’ प्रयोग गरि ५ सय रुपैयाँको भौचर रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ । 

साथै जाम्नले नेपालमा रहेका साना अपार्टमेन्ट र होटल र होमस्टे पनि आफ्नो लिस्टमा समावेश गरेको छ । जसबाट सस्तो रुम लिन चाहने ग्राहकले पनि जाम्नबाट होटल बुकिङ गर्न सक्ने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved