भिभो वाई–२० को मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 03:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भिभोले आफ्नो वाई संस्करणको स्मार्टफोन वाई–२० संस्करणको ४ जिबी प्लस ६४ जिबी भेरियन्टमा १ हजार ८ सय रुपैयाँ मूल्य घटाएको छ। कम्पनीले वाई–२० को नयाँ मूल्य २० हजार ९९९ रुपैयाँ तोकेको छ। 

सस्तोमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई–२० खरिद गरेर आनन्द लिन सक्ने कम्पनीले जनाएको छ । 

वाई–२० मा १३ मेगापिक्सलको रिअर क्यामेरा, २ मेगापिक्सलको बोकेह क्यामेरा र २ मेगापिक्सलको म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप छ। अपग्रेड गरिएको २ मेगापिक्सल बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरू खिच्न सक्छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved