साथीमार्टको ग्रुपको 'साथी पार्टनर्स लिमिटेड' स्थापना, डेढ अर्ब पुँजी पुगेपछि आइपिओ आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 04:51:45 PM मा प्रकाशित

laxmi  sunrise bank

होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा सुरु भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत केही विषेश तथा ठूला योजना सहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरिएको छ । 

यो कम्पनी अन्र्तगत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, म.म फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको बताइएको छ ।

यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादन देखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो सहयोग गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको संस्थापक अध्यक्ष, साथीमार्टका सि.ई.ओ तथा सफल युवा व्यवसायी सागर पोखरेल रहेका छन भने ५ जनाको अनुभवी संचालक समिति रहेको बताइएको छ ।

७ वटा भन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादन देखि रिटेल र टेक्नोलोजी देखि अनलाइन सपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुजी ५० करोड र चुक्ता पूँजी हाललाई ५ करोड ७३ लाख रहेको कम्पनीले जनाएको छ । 

साथै यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पूजी पुर्‍याउने उद्देश्य सहित १० लाख कित्ता संस्थापक शेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । २०८०/८१ भित्र कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब पचास करोड पुर्‍याई आई.पि.ओमा समेत जाने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved