स्याकारले टाटा ग्रीन ब्याट्री बिक्रि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 05:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरका आधिकारिक विकेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लिले टाटा ग्रीन ब्याट्री बिक्रि गर्ने भएको छ।  होण्डा मोटरसाइकल तथा स्कुटर, होण्डा पावर प्रोडक्टस् र होण्डा मोटर्सको निम्ति टाटा ग्रीन ब्याट्रीको लागि स्याकार ट्रेडिङ आधिकारीक वितरक नियुक्त भएको हो । 

टाटा अटोकम्प ब्याट्रीज प्रालिले ति टाटा ग्रीन ब्याट्री  उत्पादन गर्छ। नेपालमा उक्त ब्याट्रिको आज सार्वजनिक गरीएको हो।

ब्याट्री सार्वजनिक गर्दै टाटा ग्रीन ब्याट्रीजका सीइओ  रवि गुप्ताले भने "टाटा ग्रीन ब्याट्री टु व्हीलर्स ब्याट्रिज भारतमा रहेका ठूला उत्पादकहरु मध्ये एकमा पर्छ, जस्ले प्रमुख OEMs मा आपूर्ति गर्दछ जस्तै होण्डा मोटरसाईकल र स्कुटर इन्डिया (HMSI), TVS, Yamaha, Java, Suzuki र Piaggio । भारतमा भएको सफलतालाई नेपालमा ख्याति प्राप्त कम्पनी स्याकारसँग पनि सहकार्य गरी हामी हाम्रो सफलतालाई नेपालमा पनि बिस्तार गर्न चाहन्छौँ र यो विश्वास पनि राख्दछौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिने छ ।' 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved