डिशहोमको अब २९ सय ९९ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 04:13:53 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुने डिशहोमले जनाएको छ ।

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर तथा अनलाइन माध्यमबाट रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । यस अफर मार्पmत हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद एक लाख उपहार जित्ने छन् । 

डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर, वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत वोनस र रु २००० को रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ । 

नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved