लिट्मस केबल्सको ’वायरिङ दमदार, घर शानदार' योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2023 | 08:44:10 PM मा प्रकाशित

laxmi  sunrise bank

 लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ । यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५,००० सम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिल सहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइवर गरि पठाउनु पर्ने छ ।  

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउने कम्पनीले जनाएको छ। यो योजना १५ असोज देखि ३० कात्तिक सम्म मात्र मान्य हुने  छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved