रियलमीको सि ५१ र सि ५३ बजारमा, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 10:52:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले दुई ग्राउन्डब्रेकिंग स्मार्टफोनहरू बजारमा ल्याएको छ । रियलमी सि ५१ र रियलमी सि ५३ को प्रस्तुतिसँगै स्मार्टफोनको जगतमा इनोभेसन र स्टाइलको बेजोड मिश्रण प्रदान गर्दै किफायतीतालाई पुनः परिभाषित गरेको कम्पनीले जनाएको छ ।

रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले भने, “रियलमीमा हामी ग्राहकहरूको जीवनशैलीसँग मेल खाने नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बजारमा ल्याउन प्रतिबद्ध छौँ । रियलमी सि ५१ र सि ५३ ले हाम्रो यही प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । रियलमी सि ५१ र सि ५३ दुवै यी प्राइस सेग्मेन्टको लागि अत्यन्तै उत्कृष्ट फोन हुन । रियलमी सि ५१ मा हामीले मेमोरीमा लिप फर्वार्ड गरेका छौँ भने सि ५३ मा क्यामेरामा लिप फर्वार्ड गरेका छौँ । ”

रियलमी सि ५१ : मेमोरीको च्याम्पियन

रियलमी सि ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५०% सम्म मात्र २८ मिनेटमा नै चार्ज हुने कम्पनीको दाबी छ  । ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सहित यस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा उभिएको रियलमी सि ५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण रहेको कम्पनीको भनाई छ । ५० मेगापिक्सेल एआई क्यामाराको मद्दतले रियलमी सि ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरू निकाल्दछ । यसमा भएको ५० मेगापिक्सेल एआई क्यामराले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

१२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस रहेको साथै ४ जिबीको बिल्ट–इन ¥यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन पनि मिल्ने कम्पनीले जनाएको छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ । रियलमी सि ५१ मा फास्ट पर्फमेन्स र प्रभावकारी प्रोसेसिङको लागि पावरफुल अक्टा–कोर चिपसेट राखिएको कम्पनीले जनाएको छ ।

आकर्षक १७.१३ सिएम (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्ले युक्त  रियलमि सि ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ ।

रियलमी सि ५३ : क्यामराको च्याम्पियन

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेराको र सबैभन्दा ठूलो क्यामेरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड् हाइलाइटहरू र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ । यो अत्याधुनिक क्यामेराले कमजोर लाइटिङ कन्डिसनमा समेत उच्च क्ल्यारिटी र उच्च डिटेलड तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्ने साथै १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको र जसले गर्दा दिनभरी फोन चलाऊँदा पनि समस्या नह’ने कम्पनीले जनाएको छ ।

'रियलमी सि ५३ मा १२ जिबी सम्म्को डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले नचबजबपब जबचग बिष् उत्कृष्ट गेमिङ अनुभव  प्रदान गर्दछ । अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ ।' कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

रियलमी सि ५१ दुई कलर : मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सि ५३ गोल्ड  र ब्ल्याक कलरमा उपलब्ध छ । रियलमी सि ५१ जिबि ६४ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १५,९९९ रहेको कम्पनीले जनाएको छ । त्यस्तै, रियलमी सि ५३ ४ जिबि १२८ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १७,९९९ रहेको कम्पनीले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved