’स्ट्रिक्स प्रोफेसनल’ ले काठमाण्डौमा आफ्नो नयाँ कलेक्सन’मर्कुरिअल’ को प्रदर्शनी गरेको छ। ’स्ट्रिक्स प्रोफेसनल’ ले सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ शो को आयोजना गरि उक्त कलेक्सन प्रस्तुत गरेको हो।
बिशेष गरि सैलुन व्यावसायी र हेयर स्टाइलिस्ट हरुका लागि तयार पारिएको, कपालको हेरचाह, रङ्ग र स्टाईलका व्यावसायिक श्रेणीका उत्पादन, यसको नयाँ कलेक्सन ’मर्कुरिअल’ को एउटा फेसन शो का बीच प्रदर्शन गरेको ’स्ट्रिक्स प्रोफेसनल’ ले जनाएको छ । ’स्ट्रिक्स प्रोफेसनल’ ले आफ्नो ब्राण्डका साथ ’हेयर केयर’ को दुनियाँमा जादु रच्ने क्रममा सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमा का साथ ’मर्कुरिअल’ प्रस्तुत गरेको हो।
यो प्रदर्शनी अघि ’स्ट्रिक्स प्रोफेसनल’ ले विपुल चौदसमा र स्ट्रिक्स प्रोफेसनल का प्रविधि र शिक्षा टिमको नेतृत्वमा ’हेर्नुस–र–सिक्नुस’ सेमिनारको पनि आयोजना गरेको थियो। ’स्ट्रिक्स प्रोफेसनल’ का विभिन्न उत्पादन बाट सृजित केशसज्जाका संग्रहहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो।