अनलाईन डेलिभरी प्लेटफर्म फेब बड सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 11:47:02 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायी देखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्दै अनलाईन डेलिभरी प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । हाल बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको कम्पनीले जनाएको छ । 

यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान सक्ने कम्पनीको भनाई छ । यस्तै, ग्राहकहरुले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिन सक्नेछन् ।

फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो जहाँ हामी उपत्यकाभर विभिन्न सर सामानको डेलिभरी गर्दछौँ । जुन दुवै तिर वास्तविक समय ट्रयाकिङ्गको साथ न्यूनतम समयमै हुन्छ । यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन क्यास अन डेलिभरी लगायत विभिन्न सेवा प्रदान गर्दछ ।  

फेब बड कसरी प्रयोग गर्ने ? 

फेब बडको साथ जोडिएर व्यक्तिगत तथा व्यापार वितरण गर्न एकदम सजिलो रहेको कम्पनीको दाबी छ । यसका लागि प्लेस्टोरबाट Fab Bud  एप डाउनलोड गरी खाता खोल्न’ पर्दछ । । खाता दर्ता गरेपश्चात आफूलाई पाएक पर्ने सेवाहरू चयन गर्न सकिने छ। 

१. पिकअप र ड्रप सिर्जना गर्ने  

२. समर्पित डेलिभरी सवार बुक गर्ने

३. कुनै पनि स्टोरबाट खरीद गर्ने

यस पश्चात नजिकै रहेको फेब बडको डेलिभरी सवारीले अनुरोध स्वीकार गरेपछि पिकअप स्थानबाट पार्सल लिएर सिधा न्यूनतम समयमा डेलिभरी पु¥याउनेछ । यसका साथै यदि डेलिभरीमा केहि नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर इसेवा, खल्ती, बैंकलगाएत अन्य विभिन्न सेवाहरुमा एकैदिनमा रकम स्थानान्तरण गर्ने कम्पनीको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved