शिवम् सिमेन्टका भि. पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल नयाँ दिल्लीमा आयोजित श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ बाट सम्मानित भएका छन् । कात्तिक ३ गते Brandman India PR & Promotion द्वारा आयोजित अवार्ड कार्यक्रममा उक्त पुरस्कारबाट शिवम् सिमेन्टका भि. पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका हुन् ।
अग्रवाल शिवम् सिमेन्टको स्थापना काल देखिनै निरन्तर कार्यरत छन्।
Brandman India PR & Promotion ले हरेक वर्ष अन्तराष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ। यसको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता रहेका छन्।
Brandman India PR & Promotion ले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मुल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुऱ्याएको उत्कृष्ट योगदान आधार छनौट गरी अवार्ड दिने कम्पनीले उल्लेख गरेको छ।