वार्षिकोत्सवको अवसरमा ओखतीका तीन नयाँ उत्पादन बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 12:52:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ओखती नेपालले १५ औ वार्षिकोत्सवको अवसर पारेर तीन वटा नयाँ उत्पादन बजारमा ल्याएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघद्धारा गरिएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा ओखतीले ति उत्पादन सार्वजनिक गरेको हो । 

ओखतीले हर्वल बडी सावर क्रिम, नेचुरल भिटामिन श्याम्पू र नेचुरल एन्टी डेनड्रफ श्याम्पू बजारमा ल्याएको हो। हर्वल बडी सावर क्रिममा मह र तुलसीको मिश्रण रहेकोले यसले छालालाई राम्रो बनाउने, भिटामिन श्याम्पूले कपाल झर्न रोक्ने र  एन्टी डेनड्रफ श्याम्पूले चायाँ नपर्ने ओखती नेपालका सञ्चालक सोभाकान्त बस्यालले जानकारी दिए ।

उनका अनुसार ओखतीका सामानहरु विभिन्न डिलर र दराजबाट खरिद गर्न सकिन्छ । कम्पनीमा १ सय भन्दा बढि कामदार रहेको उनले जानकारी दिए ।

ओखती नेपाल आज मङ्सिर १५ गतेबाट १६ औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर ग्राहकको लागि विभिन्न छुट योजना पनि ल्याएको सञ्चालक सोभाकान्त बस्यालले जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved