दराज ११:११ मा ५० लाखले किने सामान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 02:58:58 PM मा प्रकाशित

laxmi  sunrise bank

गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११:११ सेलमा लाखौँ ग्राहकहरूले करोडौँको छुट पाएको दराज कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो वर्षको ११:११ सेलमा ५० लाख ग्राहकहरूले दराजबाट सामान खरिद गरेका छन् । 

११:११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरू अत्याधिक बिक्री भएको जनाइएको छ । यसले दराज दैनिक आवश्यकताका सामानहरुको गन्तव्य रहेको कम्पनीको दाबी छ । 

सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको थियो । साथै सामान्य समयको तुलनामा ११।११ सेलमा दराजको बिक्री ४६ प्रतिशतको वृद्धि पनि देखिएको थियो ।  

११:११ सेलको बारेमा चर्चा गर्दै दराजका प्रबन्धक निर्देशक आँचल कुँवरले भन्छिन्, ‘यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरूको लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउनमा प्रतिबद्ध छौँ । र हाम्रो यही उद्देश्यले गर्दा नै हाम्रो ११।११ सेलले यो सफलता प्राप्त गर्न सफल भएको छ ।’

दराजले राजधानी बाहिरका बिक्रेताहरूलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरूबाट सेवा प्रवाह गर्ने गरेको छ । सेलको अवधिमा काठमाडौँ उपत्यका बाहिरका खरिदकर्ताहरूको सङ्ख्यामा ६०० प्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी दिएको छ ।  

दराजका अनुसार सेलमा ८०० भन्दा धेरै डेलिभरी कर्मचारीहरू खटिएका थिए । सेलमा काठमाडौँदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबैभन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved