नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा अफरै अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 08:03:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा अफरै अफर शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल नयाँ नोट" नामक अफर ल्याएको छ । जस अन्तर्गत रेड्मी बड्स ४ एक्टिभ फ्रिमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सकिन्छ ।

रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसको वास्तविक मुल्य रु. ५,६९९ हो । त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाइने छ ।

रेड्मी १३ नोट सिरिज अन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन् । रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि । ६ जिबि यम + १२८ जिबी स्टोरेज र ८ जिबि यम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन- डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए. आई क्यामरा सहित उपलब्ध छ । त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन-डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि + ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

शाओमीको यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध छ । चैत्र १९ गतेबाट सुरु हुने यो अफरको फाईदा उठाउनका लागि ग्राहक महानुभावहरुले वैशाख ९ गते भित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा उपलब्ध छ ।

मूल्य तथा उपलब्धता
रेड्मी नोट १३
मूल्य रु २४,९९९ (६ / १२८ जिबि ) रु२७९९९ (८ / २५६ जिबि )
मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू

रेड्मी नोट १३ प्रो.
मूल्य रु ३४,९९९ (८ / २५६ जिबि ), रु ३९,९९९ (१२ / ५१२ जिबि ) मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल
रेड्मी नोट १३ प्रो प्लस ५ जि :
मूल्य रु ४७९९९ (८ / २५६ जिबि ) रु ५२९९९ (१२ / ५१२ जिबि ) मिडनाइट ब्ल्याक, मुनलाईट ह्वाइट र औरोरा पर्पल
विशेष अफर
रेड्मी नोट १३ सिरिजका कुनै पनि स्मटफोनको खरिदमो रेड्मी बड्स ४ एक्टिभ निःशूल्क प्राप्त गर्न सकिन्छ । साथै रेडमी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जि को खरिदमा रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved