बढ्दो लयमा सहकारीविरुद्धका उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2023 | 08:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागमा पछिल्लो समय सहकारी विरुद्ध उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि निक्षेपकर्ताले ठगिएको भन्दै उजुरी गरेका हुन्।

विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ । एक महिनाको अन्तरालमा चार सय आठ उजुरी थपिएको विभागका उप रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिए।

सहकारीमा सङ्गठित सदस्यलाई आर्थिक समस्या पर्दा त्यस स्रोतको जोहो गर्न उनीहरूबाट केही एकाइ रकम सङ्कलन गरी सम्बन्धित पक्षको हित प्रवद्र्धन तथा सामाजिक उत्थान गर्न गरिने एकीकृत प्रयास सहकारीको अवधारणा हो ।

सर्वसाधारणलाई ठगेका यस्ता संस्थालाई कडा कारबाही गरी कानुनी दायरामा ल्याउन जरुरी रहेको अर्थविद् राधेश्याम मालाकारले बताए। यस अवधारणाअनुसार व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्छ । जुन उद्देश्यका लागि सहकारी संस्था खोलिए पनि ती उद्देश्यअनुसार कार्य पूरा नहुँदा तथा नियमनकारी संस्थाबाट आवश्यक प्रभावकारी भूमिका निर्वाह नगर्दा ठगी बढ्दै गएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved