सहकारी महासंघमा कुन पदको उम्मेदवारी दर्ता शुल्क कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2024 | 03:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सहकारी महासंघको निर्वाचनको लागि उम्मेदवारी दर्ता शुल्क तोकिएको छ । महासंघको ३१ औं साधारणसभा पौष २७ र २८ गते हुँदैछ । 

यसका लागि निर्वाचन समितिले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवं सदस्यका लागि उम्मेदवारी दर्ता शुल्क निर्धारण गरेको हो ।

अध्यक्ष पदका लागि २० हजार निर्धारण गरिएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजक पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ । सञ्चालक समिति सदस्य र लेखा सुपरिवेक्षण समिति सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । 

प्रमुख निर्वाचन अधिकृत हिमादेबी बस्नेतका अनुसार उम्मेदवारले उम्मेदवारी फिर्ता लिएमा उम्मेदवारी दस्तुर फिर्ता हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved