सहकारी पिडित फेरि सडक आन्दोलनमा, जीबी राई सहितका आरोपितलाई समात्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 12:30:49 AM मा प्रकाशित

laxmi  sunrise bank

कास्कीका सहकारी पीडितहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् । हाल ६ वटा सहकारीमा समस्या भएपछि सहकारीका बचतकर्ताहरू एक भई आन्दोलनमा उत्रेका हुन् । सूर्यदर्शन, मित्रमिलन, इमेज, शिवशिखर, बलिदानी र विन्दवासिनी सहकारीका पीडित बचत कर्ताले सोमबार पोखराको जिल्ला प्रहरी कार्यालयको गेट अगाडिबाट विरोध र्‍याली निकालेका थिए । उक्त र्‍यालीले पोखरा महानगरपालिका हुँदै नगर परिक्रमासहित जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर ज्ञापन पत्र बुझाएको थियो । 

हालसम्म कुनै माग सुनुवाई नभएकोले सबै सहकारीका पीडितहरू एक भई सडकमा उत्रिएको कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताएसहकारी पिडित फेरि सडक आन्दोलनमा, जीबी राई सहितका आरोपितलाई समात्न माग 

एक लाखभन्दा बढी व्यक्तिहरूको करिब ३ अर्ब रुपैयाँ आर्थिक हिनामिना गरेको दाबी गर्दै उनले सहकारीको रकम हिनामिना गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरे । सहकारीका सञ्चालक तथा व्यवस्थापकहरू अधिकांश फरार भएको र उनीहरूलाई राजनीति संरक्षण रहेको पीडितहरूको आरोप छ ।

श्रेष्ठले गृहमन्त्रीलाई भेटेको दुई हप्ता भईसकेको बताउदै जीबी राईसहितका सहकारीका आरोपितलाई पक्राउ गर्ने, सहकारी पीडितहरूलाई छिट्टै राज्यकोषबाट भए पनि केही रकम दिने आश्वासन प्राप्त भएको बताए।

श्रेष्ठकाअनुसार विगतमा जीबी राई नेतृत्वको सहकारीबाट हालका गृहमन्त्री लामिछाने पनि सेयर सदस्य भएको टेलिभिजनमा गैरकानुनी रुपमा रकम लगिएको पीडितहरूको आरोप छ । सरकारले चाहेमा सहकारीको रकम हिनामिना गर्नेलाई तत्काल पक्राउ गर्न सक्ने उनीहरूको भनाइ छ। संघर्ष समितिले सोमबार पोखरामा विरोध प्रदर्शनसहित पोखरा महानगरपालिकामा समेत ज्ञापन पत्र बुझाएको छ ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले ज्ञापनपत्र बुझ्दै पोखराका सहकारीमा देखिएका समस्याको विषयमा अध्ययन गरेर दोषीलाई कारबाहीको लागि सिफारिस गर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved