निर्वाचन 'मोडालिटी' सम्बन्धी सुझाव पेश गर्न पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 09:59:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको आगामी चुनावको मोडालिटी तय गर्नको लागि गठित समितिको पहिलो बैठक आज बसेको छ। समितिको पहिलो बैठकले आगामी निर्वाचनको मोडालिटी कस्तो हुनुपर्छ भनेर महासंघका सबै सदस्य संघ संस्थाहरुसँग पनि राय सुझाव लिने निर्णय गरेको छ। 

समितिको बैठकले गरेको निर्णयअनुसार महासंघका सबै संघ संस्था उद्योग प्रतिष्ठान कम्पनीले आफ्नो तर्फबाट आवश्यक राय सुझाब यहि साउन ३२ गते भित्र पठानुपर्नेछ। 

महासंघको गत बुधबार बसेको कार्यसमितिको बैठकले निर्वाचनको ढाँचा तथा मोडालिटी तय गर्नको लागि ६ सदस्यीय समिति गठन गरेको थियो। समितिमा  अरुणराज सुमार्गी, बिनोद ढकाल, डिबि बस्नेत, भरत आचार्य, रंजित आचार्य र सुनिल गोपाल श्रेष्ठ छन्। 

समितिले महासंघको आगामी निर्वाचन कसरी गर्ने, कुन माध्यमबाट गर्ने , कुन प्रक्रियाबाट गर्ने, लगायतका विषयमा अध्ययन गरेर कार्यसमितिमा प्रतिवेदन पेश गर्न  जिम्मेवारी पाएको छ । समितिले चुनाव अनलाइनबाटै गर्ने, प्रदेशपिच्छे गर्ने वा उपत्यकाका तीन जिल्लामा बस्तुगत, एसोसिएटको गर्ने जस्ता बिषय समेटेर प्रतिवेदन पेश गर्ने छ । समितिले प्रतिवेदन पेश गर्नको लागि १५ दिनको समय पाएको छ । 

चैतमा हुनुपर्ने निर्वाचन कोरोनाका कारण चार महिना वित्दा पनि हुन नसक्दा नयाँ कार्यसमिति चयन हुन सकेको छैन। महासंघको आगामी निर्वाचनलाई लिएर दुई पक्षमा विभाजन भएका व्यवसायी मध्ये वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समुहले अहिलेकै अवस्थामा पनि निर्वाचन गर्नुपर्ने माग राखेको छ। 

तर स्वत अध्यक्ष बन्ने बाटोमा रहेका शेखर गोल्छाको साथ पाएको किशोर प्रधान समुहले भने स्वास्थ्य भन्दा निर्वाचन ठुलो नभएको भन्दै अनुकुल अवस्थामा निर्वाचन गर्ने पक्षमा देखिएको छ। 

गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण साउन २६ र २७ गते साधारण सभा गर्ने निर्णय गरेको थियो। महासंघको ५४ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको छनौट गर्नेछ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved