ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 09:32:41 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति क्यापिटल लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा अविनास उप्रेती नियुक्त भएका छन् । क्यापिटलको जेठ २९ गते  सम्पन्न सञ्चालक समितिको ३० औ बैठकले सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

क्यापिटलका अनुसार उनी ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । उनको कार्यकाल जेठ २९ गतेबाट सुरु भएको छ।  

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved